+

प्रशिक्षक जिदानले गरे मार्सेलोको बचाउ

२०७५ चैत  २१ गते १५:५६ २०७५ चैत २१ गते १५:५६
प्रशिक्षक जिदानले गरे मार्सेलोको बचाउ

२१ चैत, काठमाडौं । पछिल्लो समयमा रियल मड्रिड एकपछि अर्को खराब लयमा छ । यहीबेला प्रशिक्षक तथा खेलाडीको पनि आलोचना हुने गरेको छ ।

विशेष गरी क्रिष्टियानो रोनाल्डोलाई गत वर्ष आफ्नो क्लबबाट इटालियन क्लब युभेन्टस बेचेपछि रियललाई पनौती लाग्न थालेको हो । प्रशिक्षक सान्टिएगो सोलरीलाई बर्खास्त गर्दै पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई क्लबमा भित्र्याएपछि रियलले पुरानै लय समात्छ भन्ने धेरैको बुझाइ थियो ।

तर गए राति रियल मड्रिड भ्यालेन्सियासँग २–१ गोलअन्तरले पराजित भएपछि फेरि आलोचना सुरु भएको छ ।

ब्राजिलियन डिफेन्डर मार्सेलो रियलका भरपर्दा डिफेन्डर हुन् । तर गत सिजनको जस्तो लय उनले समाप्त सकेका छैनन् । हारपछि मुख्य प्रशिक्षक जिदानले भने मार्सेलोको बचाउ गरेका छन् ।

प्रशिक्षक जिदानले भनेका छन्, ‘मैले उसलाई हरिरहेको छु । उ कसरी खेल्छ मलाई मन पर्छ । मार्सेलो भनेको मार्सेलो हो ।’

‘यो सिजनमा सबै खेलाडी आलोचित भएका छन् मार्सेलो मात्रै हैन । खेलाडीलाई सबै कुरामा आरोप लगाउन खोजेको होइन । हामी हार्‍यौं यो कुरा स्वीकार गर्छु’, जिदानले भनेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय