Comments Add Comment

फिफा वरियतामा नेपाल यथास्थानमा

२१ चैत, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेका वरियतामा नेपाल पूरानै १६१ औं स्थान मै कायम रहेको हो । दक्षिण एसियामा भारतले दुई स्थान सुधार गर्दै १०१ औं स्थानमा पुग्दा माल्दिभ्स भने एक स्थान उक्लिदै १५१ औं स्थानमा छ ।

भुटान १८६औं स्थानमा कायमै रहदा बंगलादेशले भने चार स्थान सुधार गर्दै १८८औं स्थानमा छ । त्यस्तै, पाकिस्तान २०० औं र श्रीलंका २०२ औं स्थानमा छ ।

शीर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ । दोस्रो स्थानमा विश्वविजेता फ्रान्स रहँदा ब्राजिल तेस्रो, इंगल्याण्ड चौथो र पाँचौ स्थानमा क्रोएसिया रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment