Comments Add Comment

हावाहुँरी प्रभावितका लागि भोजपुरमा ५६ हजार राहत संकलन

२१ चैत, भोजपुर । बारा र पर्साका हावाहुँरीबाट प्रभावित परिवारका लागि बिहीबार भोजपुरमा राहत संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ भोजपुर, गैरसरकारी संस्था महासंघ भोजपुर र नागरिक समाज भोजपुरको अगुवाइमा भोजपुर बजार क्षेत्रमा बिहीबार राहत संकलन गरिएको हो ।

स्वेेच्छिक रुपमा संकलित राहत ५६ हजार ३ सय ७१ रुपैयाँ उठेको गैरसरकारी महासंघ भोजपुरका अध्यक्ष बलराम राईले जानकारी दिए ।

जिल्लामा संकलित सो रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको पत्रकार महासंघ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment