Comments Add Comment

पर्यटन व्यवसायी लम्सालले बाँडे २ जिल्लामा राहत

१२ जेठ, काठमाडौं । पर्यटन व्यवसायी मोहन लम्सालले व्यक्तिगत खर्चमा भूकम्प प्रभावित क्षेत्रमा १२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् ।

Mohan-Lamsal-Makalu-adventu

मकालु एडभेन्चरका प्रवन्धक सन्चालकसमेत रहेका लम्सालले रसुवाका र नुवाकोटमा राहत बाँडेका हुन् । उनले आउँदो शनिबार काभ्रेमा राहत बाँड्ने योजना बनाएका छन् ।

लम्सालले नुवाकोटको थानसिंह गाविसका तीनवडामा २५० थान त्रिपाल, १२० बोरा चामल, २ सय किलो दाल र २ सय किलो नुन बाँडेका छन् । यसैगरी तारुका गाविसमा १ सय थान त्रिपाल बाँडेको लम्सालले जानकारी दिए ।

‘काठमाडौंबाट नजिकैको जिल्ला नुवाकोटमै पनि स्थानीयले पर्याप्त राहत नपाएको गुनासो गरेको थाहा पाएर म राहत बाँड्न गएँ,’ उनले भने ।

यसैगरी रसुवाको श्रमथली गाविसका ४, ७ र ९ नम्बर वडाका भूकम्प पीडितहरुलाई पनि नेपाली सेनाको समन्वयमा राहत बाँडिएको लम्सालले जानकारी दिए । त्यहाँका १५० घर परिवारलाई १५० बोरा चामल र १ सय थान त्रिपाल बाँडिएको छ । रसुवाको विकट सो क्षेत्रका अधिकांशले ट्रेकिङ रुटमा भारी बोकेर जिविकोपार्जन गर्दै आएका छन् ।

‘हाम्रो व्यवसाय धानिदिने क्षेत्रका बासिन्दाले राहत पाएका छैनन् भन्ने थाहा पाएर चुप लागेर बस्न सकिन र राहत बाँडियो,’ लम्सालले भने, ‘त्यहाँ अहिलेसम्म राहत पुगेको रहेनछ, हामीले दिएको राहतले उनीहरु धेरै खुसी भएका छन् ।’

लम्सालले शनिबार काभ्रेमा राहत बाँड्न जाने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment