Comments Add Comment

भूकम्प आउँछ भन्दै सरकारी कर्मचारी बाहिरै

१२ जेठ, काठमाडौं । काठमाडौंको मध्यविन्दु सुन्धारामा केन्द्रीय कार्यालय गोश्वारा हुलाक कार्यालयका अधिकांश कर्मचारीहरुमा अझै पनि भूकम्पको त्रास कायमै छ ।

Hulak Karmachari

  • भूकम्प आउने त्रासमा कार्यकक्ष बाहिर बसेका गोश्वारा हुलाकका कर्मचारीहरु

मंगलबार कार्यालय समयमा अनलाइनखबर टोली पुग्दा महिला कर्मचारीहरु कार्यालयको मुल ढोकामा लहरै कुर्चीमा बसेका थिए । सेवाग्राही नभएर बाहिर बसेको हो ? भन्ने अनलाइनखबरको जिज्ञासामा कर्मचारीहरुले भने, ‘भूकम्प आउँछ भनेर बाहिर बसेका हौं । आज भूकम्प आउँछ भन्ने हल्ला छ ।’

भवन चर्कियो, इन्जिनियर आएनन्

भूकम्पले कार्यालय भवनहरु चर्किएर जोखिम बढेकाले कार्यकक्षमा बस्न त्रास रहेको कार्यालयकी शाखा अधिकृत नमूना कार्कीले बताइन् । चर्किएको भवन इन्जिनियरलाई मात्र देखाएर सेवा दिनू भन्ने सरकारले निर्देशन दिएको छ । तर भूकम्प आएको एक महिनासम्म पनि कुनै इन्जिनियर केन्द्रीय हुलाक कार्यालय आइनपुगेको कार्की बताउँछिन् । ‘डिभिजन इन्जिनियरमा पत्र पठाएको दुई हप्ता बढी भइसके पनि कुनै इन्जिनियर हेर्न आएको छैन,’ उनले भनिन् ।

केही वर्षदेखि प्रविधिको विकास भएसँगै हुलाक कार्यालयमा भने त्यतिधेरै कामको चाप हुन छाडेको छ । एक ठाउँबाट अर्को ठाउँ गएकाहरुको सूचनाको माध्यम भनेकै चिठीपत्र हुने भएकाले हुलाक कर्मचारीहरु निकै ब्यस्त हुन्थे । तर अहिले हात हातमा मोबाइल तथा इमेल इन्टरनेटको जमाना आएपछि हुलाक कर्मचारीहरु पनि फुर्सदिला बनेका छन् ।

पार्सलबाट राहत

Namuna Karki

  • नमूना कार्की, शाखा अधिकृत, गोश्वारा हुलाक

केही वर्षदेखि कर्मचारीहरु फुर्सदिला भए पनि वैशाख १२ को विनाशकारी भूकम्पपछि भने हुलाक कर्मचारीहरुको पनि काम बढेको छ । भूकम्पपछि विदेशबाटै राहतका पार्सलहरु आउने गरेको कार्यालयकी शाखा अधिकृत नमूना कार्कीले बताइन् ।

भूकम्पपीडितहरुका लागि अहिले विदेशबाट पार्सलहरु आउने क्रम बढेको कार्यालयले जनाएको छ । जापान, कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया लगायतका देशहरुबाट राहतका पार्सलहरु आइ नै रहेका छन् ।

‘हुलाक भनेपछि चिठीपत्र मात्र आउँछ भन्ने बुझाई छ,’ कार्कीले भनिन्, ‘चिठीपत्र आदानप्रदान हुन छाडे पनि पार्सलहरु भने आइरहन्छ ।’

मंगलबार मात्रै थाइल्याण्डबाट ३८ प्याकेट ‘रिलिफ म्याटर’ आएको कार्कीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment