Comments Add Comment

पश्चिम तराईको गर्मीमा भारतीय लूको प्रभाव !

१२ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा गर्मीका कारण ५ सय बढीको मृत्यु भइसकेको छ । ४५ देखि ४८ डिग्री सेल्सियससम्म तापक्रम पुग्दा तेलंगना र आन्द्रप्रदेशमा बढी सताएको छ ।

garmi

काठमाडौंसँगै पश्चिम तराईमा पनि गर्मी बढेको महसुस भएको छ । खासगरी धनगढी, दिपायल, नेपालगञ्ज, भैरहवा आसपासका क्षेत्रमा गर्मी बढेको छ । धनगढीमा ४२ देखि ४४ तथा नेपालगञ्जमा ४१-४२ डिग्रीसम्म तापक्रम पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बरुण पौडेलले अनलाइनखबरसँग भने-‘मे गर्मी हुने समय नै हो । तर, पश्चिम तराईमा भारत राजस्थानको तातो हावाको प्रभाव पनि देखिएको छ ।’

यद्यपि भारतमा भनिएको लूको जस्तो प्रभाव नेपालमा पर्ने सम्भावना भने छैन । पश्चिम तराईको तुलानामा पूर्वी तराईमा भने कम गर्मी छ ।

विभागका अनुसार काठमाडौंमा जेठ ९ गते ३३ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । यो वर्षकै सबैभन्दा उच्च तापक्रम हो ।

सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम ३६ डिग्री सेल्सियस पुगेको रेकर्ड छ । काठमाडौंसहितका पहाडी क्षेत्रहरुमा दिनभर जस्तो घाम लाग्छ भने साँझपख हुरी बतास चल्ने गरेको छ ।

Hawa

  • जेठ ९ गते काठमाडौंमा हावाहुरी चल्दाको दृष्य

जेठ ९ गते साँझ ठूलो हुरी चलेको थियो । रुख ढलेर स्वयम्भूमा एक जनाको मृत्यु भयो भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि एक घण्टा बन्द भयो । सोमबार साँझ पनि हुरी चल्यो ।

लोकल बादलका कारण साँझपख हुरी चल्ने गरेको मौसदविद् पौडेलले बताए । ‘दिनभरी तातो हुन्छ । साँझ हुरी चल्छ । यो लोकल बादल मुभ गर्ने क्रममा भएको हो’ उनले भने । मनसुन सुरु भएपछि हुरीबतास रोकिने अनुमान छ ।

जुन १० बाट मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागको पूर्व अनुमान छ । यो केही दिन तलमाथि हुन सक्छ ।

केरलामा जुन १ को चार दिन प्लस-माइनसमा मनसुन सुरु हुने अनुमान छ । त्यो नेपाल आउन कम्तिमा एक साता लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment