Comments Add Comment

ग्लोबल आइएमई र सक्षमको सहकार्यमा जोगबुढामा एक्सटेन्सन काउण्टर

GIBL-Pic१२ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल आइएमई बैंकले मंगलबारदेखि डडेलधुराको जोगबुढामा एक्सटेन्सन काउण्टर सेवा सुरु गरेको छ । सो सेवाको उदघाटन डडेलधुराका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले गरे ।

जोगबुढामा सञ्चालन गरिएको एक्सटेन्सन काउटर सो स्थानको पहिलो एक्सटेन्सन काउण्टर भएको बैंकले जनाएको छ । उद्घाटन कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दि्रपुधोज अधिकारीले मुलुकका हरेक क्षेत्र र वर्ग सम्म बैकिंङ्ग सेवाको पहुँच पुर्‍याउने बैंकले सेवा सञ्चालन गरेको जानकारी दिए ।

उनले ग्लोबल आइएमई बैंकले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि बैंकले सेवा बिस्तार गर्दे जाने बताए ।

सक्षम यू.के.एडद्वारा वित्तीय सहयोग प्राप्त एक वित्तीय क्षेत्रको पहुँचसम्बन्धी कार्यक्रम हो । यसलाई नेपालमा डीएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन् गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment