Comments Add Comment

३० लाख ठगीको आरोपमा लक्ष्मण थारु पक्राउ

१३ जेठ, काठमाडौं । भूकम्पपीडितलाई बाँड्ने पाल खरिदका नाममा ठगी आरोपमा फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु पक्राउ परेका छन् । नेपाल शेर्पा संघलार्य ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

शेर्पा संघसँग ३० लाख रुपैयाँमा तीन हजार पाँच सय पाल खरिद गर्ने भन्दै पैसा लिएर थारुले ठगी गरेपछि महानगरीय प्रहरी वृत्त गौशालाले थारुलाई शुक्रबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलका अनुसार शेर्पा संघको उजुरीमा उनी पक्राउ परेका हुन् । थारु विरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment