+
+

गोमा एयरको पोखरा-जोमसोम उडान

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १३ गते १०:२२

goma-air१३ जेठ, काठमाडाैं । गोमा एयरले मङ्गलबारदेखि जोमसोम–पोखरा उडान सुरु गरेको छ ।

पर्यटकीय क्षेत्रका हवाई यात्रुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले उडान सुरु गरिएको बताइएको छ । मङ्गलबार पहिलो उडानमा १८ जना यात्रुसहित गोमाको विमान जोमसोम विमानस्थलमा अवतरण गरेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटकको मागकै आधारमा सेवा विस्तार गरिएको एयरलाइन्सका अनिल शेरचनले जानकारी दिए । एयरलाइन्सले तत्काललाई नेपालीलाई  दुई हजार ६ सय र विदेशी यात्रुलाई १ सय १३ अमेरिकी डलर शुल्क तोकिएको छ ।

गोमा एयरले यसअघि सुर्खेत र लुक्लामा उडान भर्दै आएको थियो । ‘हामीले पहिलेदेखि नै उडान भर्ने भनेपनि भूकम्पका कारण ढिला भएको हो, अब हामी निरन्तर सेवा दिनेछौँ शेरचनले भने । जोमसोम–पोखरा रुटमा तारा र सिम्रिक एयरले पनि उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?