Comments Add Comment

नबन्दै सुपरस्टार बन्ने दाबी गर्दै नयाँ नायकको खोजी

puja-sharma
चलचित्र नबन्दै त्यसमा काम गर्ने कलाकार सुपरस्टार बन्छ भन्नु केही हतार हुनसक्छ । तर, निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘प्रेम गीत’का लागि नयाँ नायकको खोजी गरेका छन् ।

उनले चलचित्रमा काम गर्ने नायकले नयाँ सुपरस्टारको ट्याग भिर्ने दाबी समेत गरिदिएका हुन् । जेठ १ गतेबाट चल्न लागेको चलचित्र ‘चंखे शंखे पंखे’को प्रदर्शन मिति पछि धकेलिएपछि ‘प्रेम गीत’को छायांकन सुरु गर्न लागिएको हो ।

पूर्णतया रोमान्टिक कथामा तयार हुन लागेको चलचित्रका लागि नायिका पूजा शर्मासँग रोमान्स गर्ने नयाँ नायकको खोजी गरिएको हो । अडिशनको माध्यमबाट नयाँ नायकको खोजी गरिने निर्माता सन्तोष सेनले बताए । यो चलचित्रमा नायक बन्नका लागि ह्यान्डसम र चलकेटी हुनुपर्ने सिमा तोकिएको छ ।

नायक नभएकाले चलचित्रको छायांकन सुरु गर्न नसकिएको निर्देशक थापाको भनाई छ । यो चलचित्र मायामा परेका हरेक जोडीले आफ्नो भनेर हेर्ने दाबी निर्देशकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment