Comments Add Comment

सहमतिको सरकार प्राथमिकताको विषय होइन : प्रचण्ड

१४ जेठ, बनेपा । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राष्ट्रिय सहमतिको सरकार प्राथमिकताको विषय नभएको बताएका छन् ।

राष्ट्रिय सहमतिको सरकार बनाएर मुलुकमा देखिएको विपत्को सामना गर्नुपर्ने भन्ने बहस चलिरहेका बेला बिहीबार धुलिखेलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले संविधान निर्माणको सुनिश्चितता र भूकम्पबाट भएको क्षतिका बारेमा पुनःनिर्माणको नीति आएपछि मात्रै पार्टीले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा सोच्ने बताए । “यो विपत्को सामना गर्ने बलियो उपाय राष्ट्रिय एकता नै हो, त्यसका लागि राजनीतिक पार्टी, कर्मचारी, नागरिक समाज सबै एक ढिक्का हुन जरुरी छ, उनले भने ।

भूकम्पपीडितलाई राहत उपलब्ध गराउने विषय नै सबैभन्दा बढी प्राथमिकताको विषय भएको भन्दै उनले पीडित समुदायलाई अहिले सबैले सहयोग गर्नु पर्ने खाँचो औँल्याए ।

यसअघि प्रचण्डले अमेरिकी संस्था मेड सेयरले ग्रामीण सामुदायिक विकास सेवा परिषद्लाई उपलब्ध गराएको ६०० कार्टुन औषधि र उपकरण धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा राजेन्द्र कोजुलाई हस्तान्तरण गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment