+
+

जिल्ला स्वास्थ्यबाटै पठाइन्छ म्याद गुज्रिएको औषधि

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १६ गते ६:२८

१६ जेठ, जुम्ला । जिल्ला स्वास्थ्य कार्यालयले म्याद गुज्रेको औषधि गाउँमा पठाउँदा स्वास्थ्य केन्द्रले हैरानी खेप्नु परेको छ । प्रायः सडक सञ्जालसँग जोडिएका स्वास्थ्य संस्थामा यस्तो औषधि पठाउने गरेको पाइएको हो ।

medicineऔषधि ढुवानी रकम नभएको भन्दै दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा म्याद गुज्रेका र म्याद गुज्रन लागेका औषधि जबर्जस्त पुर्याउने गरिएको तथ्य खुलेको नागरिक दैनिकमा खबर छ ।

उपस्वास्थ्य चौकी बड्डीका सिनियर अहेव रतनबहादुर रावतले म्याद गुज्रेको र गुज्रन लागेको औषधि प्राप्त हुँदा समस्या भएको गुनासो गरे । उनले भने, ‘यसपटक म्याद गुज्रेको ८ हजार एमोक्सिलिन र २५ हजार ट्याब्लेट भिटामिन बी कम्प्लेक्स प्राप्त भएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालयको स्टोर सहयोगीको भरमा चलेकाले आवश्यकता भन्दा पनि अनुकुलता हेरेर म्याद सकिएको औषधि पठाउने गरिएको उनी बताउँछन् ।

उपस्वास्थ्य चौकीमा २२ प्रकारका औषधि उपलब्ध हुनुपर्ने भए पनि १५ प्रकारको मात्रै रहेको र त्यसमा पनि म्याद जान थालेका र म्याद सकिएका औषधि बढी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?