Comments Add Comment

परदेशबाट सोधियो- मेरो परिवारलाई राहत खोई ?

हीरा बुढाथोकी

बिनाशकारी महाभूकम्पले देशभित्र पुर्याएको ठूलो धनजनको क्षतिले सबैतिर पीडादायी स्थिती उत्पन्न गर्यो । त्यसै दुःखभित्र रहेर संचारमाध्यममा आइरहने समाचार सरकार तथा गैरसरकारी संघ संस्थाले गरिरहेको उद्धार सहयोग, अस्थायी गाँसबासको ब्यवस्था, अल्पकालिन तथा दीर्घकालीन उद्धार तथा ब्यवस्थापन योजना लागायतका कुराहरु ध्यान दिएर हेर्ने गरेको थिएँ ।

हीरा बुढाथाेकी
हीरा बुढाथाेकी

महाभूकम्पले विषेशगरी काठमाडौ उपत्यकाभित्रका ३ जिल्ला काठमाडौ, ललितपुर, भक्तपुरसहित सिन्धुपाल्चोक, गोरखा, धादिङ, काभ्रे, दोलखा, रसुवा लगायतका जिल्लाहरुमा ठूलो क्षति भएको खबरहरु आए ।

देशभर धक्का महसुस गरेको भूकम्पले मध्य पहाडदेखि पहाडी भेगका सबैजसो जिल्लाहरुमा मानवीय क्षति कम भए पनि घरहरु भत्किनु, चर्कनुका साथै भौतिक संरचनामा असर पुगेको समाचारहरु निरन्तर आइरहेका छन् ।

संकलित विवरणको आधारमा पीडितलाई राहत उपलब्ध भइरहेको बताइएको छ । देश नै शोकाकुल बनिरहँदा मेरो गृह जिल्ला म्याग्दीमा पनि मानवीय क्षति नभए पनि भौतिक क्षति ब्यहाेर्नबाट अछुतो रहन सकेन ।

विभिन्न विद्यालय स्वास्थ्य चौकी, प्रहरी चौकीसहित जनमानसको घरहरुमा क्षति पुगेकोले जिल्ला दैबी प्रकोप राहत समिति लगायत जिविसको सहयोगमा राहत पनि बितरण भएको समाचार आएको थियो । संचार माध्यम पुगेको स्थानहरु र गाविस सचिवले उपलब्ध गराउने विवरणको आधारमा पीडितलाई राहत उपलब्ध गराइएको खबरहरु आए, जुन एक किसिमले सकारात्मक देखिन्छ ।

अरुको पीडा र चित्कार सुन्दा पढ्दा लेख्दा मैले आफ्नो घरको स्थितिबारे ख्याल नै नगरी परिवारको स्थिति मात्र बुझिरहेँ । गत बैशाख १२ गते गोरखाको बारपाक नजिक केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्यूटको भूकम्पमा मेरो घर लगायत मल्कबाङ गाबिसका वडा नम्बर- १ कासाथै सबैतिर अधिकांस घरहरु चिरा परेको खबर पाएँ । त्यो जानकारी फेसबुकमा समेत लेखे कतिपय मल्कबाङ्बासीले । कतिपयले मल्क्बाङमा कुनै किसिमको क्षति नभएकोले भ्रामक सूचनाले त्रसित नपार्नसमेत भनियो ।

भूकम्पको धक्काले मेरो छिमेकका अन्य घरहरुमा सामान्य चिरा परेको भए पनि मेरो घरमा भने ठूलो असर पुगेको महसुस भैसकेको भए पनि मेरो परिवारका सदस्यले मलाई समान्य चर्केको बताएका थिए ।

राहत भनेको के हो, कहाँ कसरी पाइन्छ भन्नेसमेत थाहा नभएको मेरो बृद्ध बाबा आमाको धारणा समेत फरक छ । ‘देश नै ठूलो बिपदमा परेको बेला हाम्रो कुरा सुन्ने को होला र यहाँ ? अब पैसा पठाइदेउ बस्ने छानो त बनाउनै पर्यो नि !’

अनुगमन टोली नपुग्दै छिमेकीहरुले घर चिरा पर्नुका साथ पर्खाल समेत कोल्टे परेको देखेपछि घरमा नबस्न सुझाएका रहेछन् । गत जेठ १ गते गाविस सचिव होमनारायण देवकोटासहितको अनुगमन टोलीले घर पूर्णरुपमा खतरामुक्त नभएकोले घरमा नबस्न भनिएपछि मेरो बृद्ध बाबाआमा लगायतको परिवार छिमेकीको घरमा बस्न बाध्य रहेको खबरले सूचना पाउँदाको दिन रातभर निदाउन सकिन ।

दुर्गम गाविस त्यसैमाथि खासै असर नपरेको भन्ने गाविसबासीको भनाइका कारण सरकारी प्राविधिक अनुगमन टोली र संचारमाध्यम पुग्न सकेको छैन । त्यसले आज यो प्रवासमा मलाई पिडामाथि पिडा थपिदिएको छ ।

राहत भनेको के हो, कहाँ कसरी पाइन्छ भन्नेसमेत थाहा नभएको मेरो बृद्ध बाबा आमाको धारणा समेत फरक छ । ‘देश नै ठूलो बिपदमा परेको बेला हाम्रो कुरा सुन्ने को होला र यहाँ ? अब पैसा पठाइदेउ बस्ने छानो त बनाउनै पर्यो नि !’ फोनमा कुराकानी क्रममा मेरो आमाले भनिन् म सोचमग्न बने ।

घरबिदाबाट फर्केको एक वर्ष बढी हुन थाल्यो । सम्पूर्ण परिवारको जिम्मेवारी ममाथि रहेकोले मेरो बैदेशिक रोजगार उपलब्धिमुलक बन्न सकेको छैन भने बिदेश बसाइ लम्बिदै गएको छ । अब मेरो एउटै चिन्ता घर भूकम्पले बस्न नहुनेगरी क्षति पुर्याएपछि छिमेकीको साहारा लिन परेको मेरो परिवारले सरकारी निकायबाट कस्तो राहत पाउलान् कि नपाउलान् ?

दुरदराजको मेरो गाउँमा ढिलागरी अनुगमन गर्न पुगेका गाविस सचिव सहितको प्रतिनिधि टोलीले नबस्न त भने तर बिकल्प र राहत उपलब्ध गराउन नसकेका कारण मेरो परिवार थप चिन्तित बनेका छन् । जसले गर्दा खाडीमा बढ्दै गरेको चर्को घाममा मलाई चिन्ता थपिदिएको छ ।

सुगम क्षेत्रका भूकम्प पीडितहरुले फोन कलंकै भरमा गोठ मात्र भत्केकाले समेत पीडित राहत पाएको र पहुँच नहुनेका पूर्ण रुपमा क्षति बेहोरेकाले समेत अझै कुनै राहत नपाएको खबर पनि आइरहेको छ । बास्तबिक भूकम्प पीडित राहत पाउनबाट छुटेका सबैले राहत पाउनु पर्छ । जसले कुनै क्षति बिना राहत दाबी गर्छ भने उसलाई अनुसन्धानगरी कारबाही गर्न सरोकारवाला निकाय चुक्नु हुँदैन ।

दुरदराजको मेरो गाउँमा ढिलागरी अनुगमन गर्न पुगेका गाविस सचिव सहितको प्रतिनिधि टोलीले नबस्न त भने तर बिकल्प र राहत उपलब्ध गराउन नसकेका कारण मेरो परिवार थप चिन्तित बनेका छन् । जसले गर्दा खाडीमा बढ्दै गरेको चर्को घाममा मलाई चिन्ता थपिदिएको छ ।

मल्कबाङ गाविसबाट एक मराङ गाविसबाट एक स्थानिय बासिन्दाको घर बस्नै नमिल्ने गरी क्षति भएको र अधिकांस घरहरुमा सामान्य चिरा मात्र भेटिएको मराङ मल्कबाङ गाविसलाई संयुक्त रुपमा हेरिरहेका गाविस सचिव हुमनारायण देवकोटाले बताएको जानकारी पाएँ ।

मराङ मल्कबाङ गाविसमा भूकम्पले पुरयाएको क्षति तथा राहतबारे बुझ्न खोज्दा गाविस सचिव देवकोटासँग सम्पर्क हुन सकेको छैन । परिवार भन्छ- ‘सचिव ज्यूले फोटो खिचेर लगेका छन्, सरकारले उपलब्ध गराउने राहत दिएपछि पाइन्छ ।’ दरबाङ प्रहरी चौकीबाट प्रमाणित गरी प्रक्रिया अघि बढ्छ भनिएको स्थानीयले टेलिफोनमा सुनाए ।

भूकम्पपछि म्याग्दीको राम्चे ९ काफलडाँडादेखि झरेको सुक्खा पहिरोका कारण बैसरी बजार विस्थापित बनेकोले र कालिगण्डकी थुनिएर ताल बनेका कारण अहिले सबैको ध्यान त्यता केन्द्रित बनेको छ । नेपाली सेनाको ताल फुटाउने प्रयास जारी रहेको खबर छ भने बिस्थापित बस्तीका मानिसहरुलाई राहत तथा पुनर्बासको ब्यबस्थामा सबैतिर कुरा उठेको पाइन्छ । सबै प्रकारका पीडितले राहत तथा पुनर्बास पाउनुपर्छ भन्ने मेरो धारणा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment