Comments Add Comment

एम्बुलेन्स र ट्रक ठोक्किँदा तीनको मृत्यु

१७ जेठ, रौतहट । रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत वीरेन्द्र राजमार्गमा गए राति विपरीत दिशाबाट आएको एम्बुलेन्स र ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट नवजात शिशुसहित सुत्केरीलाई उनको घर सुखअवा धमौरा गाविस– ९ मा लाने क्रममा चन्द्रपुर नगरपालिका–१३ स्थित राजमार्गमा एम्बुलेन्स र गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना २ ख ९८९८ नंको ट्रक जुध्दा एम्बुलेन्स चालक तथा सुत्केरी र शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

एम्बुलेन्स चालक चन्द्रपुर नगरपालिका बस्ने सुरेश विश्वकर्माको घटनास्थलमा नै तथा उपचारका क्रममासुत्केरी हमिबुल खातुन र शिशुको मृत्यु भएको हो । घाइते समुद्र विश्वकर्मा र रोक्सना खातुनको वीरगन्जमा उपचार भइरहेको छ भने ट्रक चालक फरार भएका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान तथा चाकलको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment