+
+
Shares

कसरी बाटो सच्याउनुपर्छ विप्लव समूहलाई सरकारले सिकाउँछ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १७:४५

३ चैत, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले आफैं नसच्चिए कसरी बाटो सच्याउनुपर्छ भन्ने सरकारले सिकाउने चेतावनी दिएका छन् ।

विराटनगर र कटहरी गाउँपालिकाको सीमानामा रहेको फलफूल तथा कृषि बजारको आइतबार उद्घाटन गदै प्रधानमन्त्री ओलीले लुटपाट गर्ने, बम पड्काउने कार्यलाई सरकारले छुट नदिने बताए । ‘यो देशमा संविधान अन्तर्गतका क्रियाकलाप गर्न सबलाई छुट छ’ उनले भने, ‘तर कानून विपरित कार्य गर्न सरकारले छुट कसैलाई दिदैन, त्यो सबैले बुझे हुन्छ ।’

उनले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने समेत बताए । ‘सरकारले हतियार बुझाउन समायवधि दिएको छ,’ ओलीले भने, ‘समयमा हतियार नबुझाए, अटेरी गरे के गर्नुपर्छ सरकारलाई राम्रोसँग थाहा छ ।’

यो सरकार नै जनसरकार हो

आइतबार नै नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार नै जनसरकार भएको बताएका छन् । जनताले दुई तिहाई वहुमत दिएको भन्दै उनले भने, ‘जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो ।

कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने उनले बताए । नेकपा अध्यक्ष समेत रहेका उनले प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिए ।

उनले आउँदो चुनावमा दुई तिहाईभन्दा वढि मतसहित सरकार बनाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?