
२२ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सेवा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले वैज्ञानिकहरूलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्ववृद्धि हुने अनुसन्धान र परिणाम दिने काममा केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4