Comments Add Comment

५२ लाख हिनामिनाको आरोपमा विद्युत प्राधिकरणका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

४ चैत, काठमाडौं । विद्युत प्राधिकरणको ५२ लाख १३ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका रत्नपार्क वितरण केन्द्रमा कार्यरत तत्कालिन लेखापाल उमेशकुमार महतले विभिन्न माध्यमबाट बैंकमा भएको रकम झिकी ५२ लाख १३ हजार ५ सय ९० रुपैयाँ ४३ पैसा हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

महतले रत्नपार्क वितरण केन्द्रमा कार्यरत हुँदा बैंक रिकन्सिलियसन स्टेटमेन्ट तयार गर्दा वास्तविक भौचरलाई आफैले परिवर्तन गरी लेखा प्रमुख र कार्यालय प्रमुखलाई जानकारी नगराई क्यास बुकमा पोस्टिङ गरी क्यासबुकमा भन्दा बढी रकम बैंकबाट भुक्तानी लिएको देखिएको अख्तियारले जनाएको छ ।

कर्मचारीहरुको रकम भुक्तानी गर्न भौचर तयार गरी लेखाप्रमुख र कार्यालय प्रमुखबाट हस्ताक्षर गराई आफ्नै नाममा भुक्तानी लिएपछि यथार्थ भौचरलाई डिलिट गरी पूर्व भौचरबाट बिलहरु झिकी सोही नम्बरमा अर्को घटी रकमको भौचर बनाई सीएआईएसमा पोस्टिङ गर्ने गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment