+
+
Shares

मैले इरानको हालसालैको युद्दविराम प्रस्ताव अस्वीकार गरिदिए : ट्रम्प

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता न्यूयोर्कमा भएको अप्रत्यक्ष वार्तापछि इरानले पठाएको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रम्पले यस साता न्यूयोर्कमा भएको अप्रत्यक्ष वार्तापछि इरानले पठाएको पछिल्लो प्रस्ताव अस्वीकार गरेका छन्।
  • कतार र अन्य मध्यस्थकर्ताले अमेरिका र इरानबीच आणविक मुद्दामा सकारात्मक र रचनात्मक छलफल जारी राखेको अमेरिकी अधिकारीले दाबी गरेका छन्।
  • इरानले होर्मुज जलमार्ग र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने सर्तमा वार्ता अघि बढाउन खोज्दा अमेरिकी वार्ताकारले त्यस्तो माग मान्य नहुने बताएका छन्।

११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता न्यूयोर्कमा भएको अप्रत्यक्ष वार्तापछि इरानले पठाएको पछिल्लो प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्। कतार र अन्य क्षेत्रीय मध्यस्थकर्ताहरू अमेरिका र इरानबीचको वार्तालाई पुनः सुरु गराउने प्रयासमा रहे पनि मुख्य मुद्दाहरूमा दुई देशबीच ठूलो मतभेद कायम छ।

इरानले आफ्नो ध्यान होर्मुज जलमार्ग र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा केन्द्रित गर्न चाहेको छ भने ट्रम्प प्रशासनले इरानलाई आणविक कार्यक्रममा लचकता अपनाउन र छुट (कन्सेसनस्) दिनुपर्ने माग राख्दै आएको छ।

शनिबार ट्रम्पले भने, “उनीहरूले एउटा प्रस्ताव पठाएका थिए र मैले त्यसलाई अस्वीकार गरिदिएँ।”

यद्यपि, एक अमेरिकी अधिकारीले मध्यस्थकर्ताहरूमार्फत आणविक मुद्दाहरू लगायतका विषयमा अमेरिका र इरानबीच ‘सकारात्मक र रचनात्मक’ छलफलहरू अझै जारी रहेको दाबी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभाको साइडलाइनमा अमेरिकी दूतहरू स्टिभ विट्कफ र ज्यारेड कुश्नरले इरानी विदेशमन्त्री अब्बास अरागचीसँग अप्रत्यक्ष वार्ताको नयाँ दौर सञ्चालन गरेका थिए। सो क्रममा कतारी अधिकारीहरूले दुवै पक्षबीच सन्देश आदानप्रदान गर्ने काम गरेका थिए।

इरानी विदेशमन्त्री अरागचीले होर्मुज जलमार्ग पुनः खोल्न र आणविक वार्ता अघि बढाउनका लागि आफ्ना सर्तहरू अमेरिकी दूतहरूलाई बुझाएका थिए। अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाए, तेल बिक्रीमाथिको प्रतिबन्ध फुकाए र समग्र क्षेत्रमा युद्धविराम लागू गरे एक साताभित्र होर्मुज जलमार्ग खोल्न र आणविक वार्ता पुनः सुरु गर्न तयार रहेको प्रस्ताव इरानले राखेको थियो।

तर, मङ्गलबार भएको सो वार्ताका क्रममा अमेरिकी वार्ताकारहरूले इरानलाई होर्मुज जलमार्गमाथि उसको नियन्त्रण नरहेकाले त्यसका आधारमा कुनै सर्त वा माग राख्न नमिल्ने कुरा स्पष्ट पारिदिएको स्रोतलाई उद्धृत गर्दै एक्सियोसले जनाएको छ।

हाल अमेरिकी सुरक्षा घेराभित्र दैनिक दर्जनौँ तेल ट्याङ्करहरूले होर्मुज जलमार्ग भएर आवतजावत गरिरहेका छन्।यसले विश्व बजारमा लाखौँ ब्यारेल तेल पुऱ्याइरहेको छ। यो मात्रा युद्धपूर्वको तुलनामा कम भए पनि यसले बजारको दबाबलाई केही हदसम्म कम गरेको छ। ( एक्सियोसको रिपोर्टमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?