Comments Add Comment

अर्थमन्त्री ज्यू ! यही हो राहतमा एकद्वार ?

१७ जेठ, नुवाकोट । इन्भेष्टमेन्ट बैंकले नुवाकोटका विद्यालयलाई दिएको जस्तापाता दुरुपयोग भएको विषयलाई लिएर केही प्रश्नहरु उठेका छन् । अर्थमन्त्री डा. रामशरण महतका भतिज एवं स्वकीय सचिवसमेत भइसकेका कांग्रेस नेता रमेश महतले सो राहत बिक्री गर्न नभई वितरणका लागि लगिएको वयान दिएर आफूलाई निर्दोष सावित गर्न खोजेका छन् ।
Ramsaran-mahat
नुवाकोटका प्रमुख जिल्ला अधिकारी  कोषहरि निरौलाका अनुसार जिल्लामा आएको ३ सय बण्डल राहत जिल्ला दैवी प्रकोप उद्धार समितिमा आएकै थिएन ।

अर्थमन्त्री डा. रामशरण महतले राहतमा एकद्वार प्रणाली अपनाउने भनिरहेका बेला सरकारलाई बुझाउनुपर्ने सो जस्ता पाता सोझै कांग्रेस कार्यकर्ताको हातमा पुगेको देखिन्छ ।

अर्थमन्त्री महतले भन्दै आएको राहतमा एकद्वार प्रणाली लागू हुनुपर्ने र दाताहरुले सरकारलाई राहत बुझाउनुपर्नेमा स्वयं उनकै सहयोगीले  एकद्वार प्रणालीको धज्जी उडाएको देखिन्छ ।

मन्त्री महतका आफन्तको नेतृत्व रहेको इन्भेस्टमेन्ट बैंक र कांग्रेस नेताको मिलेमतोमा सो जस्ता जिल्ला प्रशासनसँग समन्वय गर्नु त के सिडियोलाई समेत थाचहा नदिई कांग्रेसको पहलमा गाउँ पुर्‍याइएको घटनाक्रमले पुष्टि गरेको छ ।

कांग्रेस कार्यकर्ता रमेश महतले सो जस्तापाता बेचेको नभई बाँडेको नै हो भने पनि सरकारमार्फत् आएको सो राहत बाँड्ने आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालय हो, न कि कांग्रेस कार्यकर्ता ।

यसरी बैंकले सरकारलाई बुझाएको राहत कांग्रेस कार्यकर्ताले बाँड्दै हिँडे हो भने स्वाभाविकरुपमा प्रश्न उठ्छ, अर्थमन्त्रीज्यू, तपाईले भन्दै आएको एकद्वार प्रणाली कहाँ गयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment