Comments Add Comment

‘विद्यालय त खुल्यो हजुर, नाचगान बरिलै ! (फोटो कथा)

Darbar school

१७ जेठ, काठमाडौं । तस्वीरमा देखिएको छाप्रो दरबार हाइस्कुल हो । भूकम्प अघिसम्म रानीपोखरी नजिकैको भव्य महलमा टाँगिएको भानु मावि दरबार हाइस्कुलको बोर्ड अहिले यही टहरामा ल्याएर टाँगिएको छ । आइतबारदेखि यही टहरामै दरबार हाइस्कुल सञ्चालन हुन थालेको छ ।

Darbar Highschool Bhanu mabi

बैशाख १२ गते आएको भूकम्पले दरबार हाइस्कुलमा क्षति पुर्‍याएपछि हाल त्यसलाई भत्काउन थालिएको छ ।

school (5)

भूकम्पले महिनादिनसम्म अत्याएपछि आइतबारबाट भूकम्प प्रभावित क्षेत्रका विद्यालय सञ्चालनमा आउन थालेका छन् ।

तर, विद्यालय खुले पनि नियमित पढाइ चाहिँ भएन । विद्यार्थी र शिक्षक शिक्षिकाहरु मिलेर नाचगान गरे । कसैले ध्यान र योगासन गरे भने स-साना केटाकेटीहरु खेलमा रमाए ।
school (7)
भूकम्पको ज्ञास भगाउन र विद्यार्थीलाई सहज वातावरणमा ल्याउन विद्यालयहरुले विद्यार्थीलाई नाच गान लगायत अतिरिक्त क्रियाकलापमा लगाएका हुन् ।

धेरै दिनपछि सामुहिक वातावरणमा सहभागी हुन पाएका विद्यार्थीहरुले खुशी र रमाइलो महसुस गर्न थालेका छन् । केही घण्टा विद्यालयमा बसेर विद्यार्थीहरु घर फर्केका छन् ।

भूकम्पपछि विद्यालय खुलेको पहिलो दिन राजधानीमा देखिएका केही दृश्य यस्ता छन् :

school (2)school (9) Students jeth 17Students in School jeth 17 school (6) school (8)

Mahankal Mabi तस्वीर : विकाश श्रेष्ठ/कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment