+
+

सबै गाविसमा बैंकिङ सेवा पुर्‍याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १८ गते ६:०५

१८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै गाविसमा बैंकिङ सेवा पुर्‍याउने तयारी गरेको छ । सरकारी राहत बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन गाउँमा वित्तीय सेवा पुर्‍याउन लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
NRB-Photo
भूकम्पपीडितको राहत रकम व्यक्तिमार्फत स्थानीय तहमा पुर्‍याउँदा दुरुपयोगको सम्भावना धेरै हुने भएकाले पनि बैंकिङ प्रणालीमार्फत पठाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको नयाँ पत्रिकामा खबर छ ।

‘राष्ट्र बैंकको उद्देश्य कुनै पनि गाविस बैंकविहीन नहोस् र गाउँमा पुग्ने सबै रकम बैंकिङ प्रणालीबाट मात्र जाओस भन्ने हो,’ डेपुटी गभर्नर अधिकारीले भने, ‘राज्यको पैसा बैंकिङ प्रणालीमार्फत लक्षित क्षेत्र तथा वर्गमा सुरक्षित तवरले पुर्‍याउन चाहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?