+
+

३० दलमा प्रचण्डले भने- ६ वा ८ प्रदेशमध्ये एक रोज्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २१ गते १६:४१

30-Party-meet-650

२१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुपहिचानसहितको ६ प्रदेश कि नाम र सीमाविनाको ८ प्रदेश रोज्न ३० दलीय मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।

३० दलीय मोर्चाको बिहीबार बसेको बैठकमा प्रचण्डले सत्तारुढ कांग्रेस र एमालेसँग भएको छलफलबारे जानकारी गराएका छन् । बहुपहिचानसहितको ६ प्रदेश र नामांकन प्रदेश सभा र सीमांकन आयोगले गर्ने गरी ८ प्रदेशको विकल्पमा छलफल भइरहेको उनले बताए ।

आठ प्रदेशमा जाँदा जातीय क्लस्टरहरु भने कायमै राखिने उनले बताए । मोर्चाको बैठकमा सहभागी एक नेताले भने-‘घुमाउरो शैलीमा ६ कि ८ प्रदेशमध्ये एक रोज्नुस् भन्ने उहाँको मनसाय देखियो ।’

कांग्रेस र एमालेकै नेताहरु असन्तुष्ट रहेकाले सहमति भइहाल्छ भन्ने नभएको भन्दै उनले सत्तारुढ दलभित्रको अन्तरद्वन्द्वकै कारण सहमतिको प्रयास असफल हुने खतरा पनि रहेको बताए ।

बैठकमा प्रचण्डले निर्वाचन प्रणालीमा प्रत्यक्ष ६० र समानुपातिक ४० प्रतिशत रहने गरी मिश्रितमा सहमति हुनसक्ने बताए ।

बैठकमा सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले प्रचण्डले जति नै प्रयास गरे पनि सहमति नहुने बताए । बैठकमा जनजाति पार्टीहरुको तर्फबाट बोेलेका सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले भने आन्तरिक छलफलपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।

सहमति खोज्ने जिम्मा चार शीर्ष नेतालार्इ 

यसैबीच बिहीबार साँझ बसेको चार दलका शीर्ष नेताहरूको बैठकले संघीयताबारे सहमति खोज्ने जिम्मा शीर्ष चार नेतालार्इ दिएको छ ।

बैठकमा निर्वाचन प्रणालीमा भने लगभग सहमति गरेको छ । प्रत्यक्ष ६० र समानुपातिक ४० प्रतिशत रहने गरी मिश्रितमा लगभग सहमति भएको छ । संघीयतामा ६ र ८ प्रदेशको विकल्पमा छलफल भएपनि कुनै सहमति भइसकेको छैन ।

छलफल सकारात्मक रहेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?