+
+

भूकम्पपछि नेपाल आएका सबै विदेशी सैनिक फिर्ता

२२ जेठ, काठमाडौं । भूकम्पपछि नेपाल आएर उद्धार तथा राहतमा खटिएका सबै विदेशी सैनिक फिर्ता भएका छन् । शुक्रबार अन्तिम टोलीको रुपमा क्यानडाका सैनिक स्वदेश फर्किएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २२ गते १७:५९

Pemba Lama Rescue at earthquake after 6th day (2)

  • भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीसँगै उद्धारमा खटिएको विदेशी सैनिक टोली

२२ जेठ, काठमाडौं । भूकम्पपछि नेपाल आएर उद्धार तथा राहतमा खटिएका सबै विदेशी सैनिक फिर्ता भएका छन् । शुक्रबार अन्तिम टोलीको रुपमा क्यानडाका सैनिक स्वदेश फर्किएका छन् ।

क्यानडाका ७ जना सैनिकहरु शुक्रबार स्वदेश फिर्ता भएपछि मित्र राष्ट्रहरुबाट आएका सबै विदेशी सैनिकहरु फिर्ता हुने काम सकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्यानडाबाट २०२ जनाको टोली नेपाल आएकामा बाँकी यसअघि नै स्वदेश फर्किएका थिए ।

गत वैशाख १२ गते भूकम्प आएपछि खोज, उद्धार र राहत वितरणमा नेपाललाई सघाउन १८ देशबाट ४ हजार ३१६ जना विदेशी सैनिकहरु नेपाल आएका थिए ।

सबैभन्दा धेरै भारतबाट १ हजार ४१५ जनाको सैनिक टोली नेपाल आएको नेपाली सेनाले जनाएको छ । यसैगरी चीनबाट ९४२ र अमेरिकाबाट ३०० जनाको सैनिक टोली नेपाल आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?