+
+

युवतीको तस्करी बढेपछि सीमामा निगरानी

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २३ गते ६:४०

२३ जेठ, इलाम । भूकम्पपछि जोखिममा परेका महिलालाई रोजगारीको आस देखाएर भारत पुर्‍याउन थालेको सूचना पाएपछि प्रहरीले नाकामा सुरक्षा बढाएको छ । माइती नेपालले यस्तो सूचना दिएपछि प्रहरीले निगरानी बढाएको हो ।

सिन्धुपाल्चोक चौतारा नगरपालिकाकी हेमलता शर्मा (नाम परिवर्तन)ले भूकम्पले खाने अन्न र बस्ने घरसमेत गुमाएपछि काम पाइने सजिलो गन्तव्य भारत जाने सपना बनाइन् । भारत गएर काम गर्ने र ज्यान पाल्ने योजना बनाएपछि दुई हप्ताअघि इलामको पशुपतिनगर नाकाबाट भारत जान लाग्दा माइती नेपाल र नेपाल प्रहरीको टोलीलले सीमापार गर्न रोकेको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले भारतमा आफन्त रहेको र भारत जान लागेको बताए पनि प्रहरी र माइती नेपालको टोली विश्वस्त हुन सकेन । उनलाई सम्झाएर आफन्तको साथ लगाएर फर्कायो । भूकम्पपछि प्रभावित जिल्लाका १० युवतीलाई घर फर्काएको माइती नेपालका पशुपतिनगर शाखाप्रमुख होम ढकालले बताए । भारत जान लागेका महिला १८ वर्षमाथिका भएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?