Comments Add Comment

वाटफोर्ड नेपाली समाज बेलायतबाट दुई लाख ३८ हजार सहयोग

लण्डन । भूकम्प पीडितहरूका लागि विभिन्न देशहरूबाट सहयोग प्राप्त भएसँगै बेलायतका नेपालीबाट पनि सहयोग अउने क्रम जारी रहेको छ । विदेशी माटोमा पसिना बगाइरहेका लाखौं नेपालीले यो राष्ट्रिय विपत्तिमा मन खोलेर सहयोग गरिरहेका छन् ।

पछिल्लो पटक वाटफोर्ड नेपाली समाजले नेपाली दूतावासमार्फत प्रधानमन्त्री राहतकोशमा जम्मा हुने गरी करिब दुई लाख अठतीस हजार रुपैयाँ सहयोग गरेको छ । समाजका सचिब दीपेन्द्र न्यौपाने र विष्णु पन्तले बिहीबार कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई चेक हस्तान्तरण गरेका हुन् । उत्तरी लण्डनको सानो सहर वाटफोर्डमा करिब पचास घर नेपाली बसोबास गर्दछन् ।

समाजले करिब डेढ़लाख बराबर जिन्सीसमेत सङ्कलन गरेर पठाएको छ । वाटफोर्ड काउन्सिलसित लाइसेन्स लिएर संस्थाले गत केही दिन हाईस्ट्रीट, पार्कलगायतका स्थानमा सहयोग सङ्कलन गरेको थियो ।

स्थानीय रोटरी क्लबसित समन्वय गरेर राहत सङ्कलन गरिएको र ठूलो रकम रोटरी क्लबमार्फत नै नेपालका भूकम्पपीड़ितसमक्ष पुर्याईएको संस्थाका सदस्य महेश गिरीले बताए ।

यसैगरी संस्थाका सदस्य कृष्ण तिवारीले चितवन जिल्लाको कविलास गाविसमा करिब आठ लाख रुपियाँ खर्चेर स्कुलको पुनर्निर्माण गर्ने घोषणा गरेका छन् । संस्थाका अध्यक्ष मुकुन्द गुरुङले अर्थ सङ्कलन जारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment