+
+

ऐश्वर्या राय बन्ने भईन सर्वजीतकी बहिनी

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २३ गते ११:०६

aishwarya_bachaan

मुम्बई । ऐश्वर्या राय बच्चन आमा बनेपछि पनि उत्तिकै सुन्दर छिन् । हिन्दी फिल्म ‘जज्बा’ बाट बलिउड प्रवेश गरेकी ऐश्वर्यालाई फिल्म खेलाउन चाहने निर्माताहरु धेरै छन् । नेशनल अवार्ड विजेता निर्देशक उमंग कुमारले चलचित्र ‘सर्बजीत’ मा दलबीर कौरको भुमिकामा ऐश्वर्या रायलाई अभिनय गराउने भएका छन् ।

यस अघि यस फिल्ममा कंगना रनौत र प्रियंका चोपडाको पनि चर्चा चलेको थियो । निर्देशक उमंग कुमारले अरु नायिकासँग कुरा नभएको बताउदै ऐश्वर्यालाई मुख्य भुमिकामा अनुबन्ध गरेको जानकारी दिए ।

निर्देशक उमंगका अनुसार ऐश्वर्या स्क्रिप्ट पढेर निकै खुसी भएकी छिन् ।

दलबीर कौर सर्वजीतकी बहिनी हुन्, जसले पाकिस्तानी जेलवाट सर्बजीतलाई छुटाउन निकै पहल गरेकी थिईन् ।

कस्तो छ फिल्मको विषय ?

६१ वर्षीय दलबीर कौर सर्बजीतकी ठूली बहिनी हुन्छिन् । जो भारत-पाकिस्तान सीमाको ५ किलोमिटर दुरीमा बस्छिन् । भनिन्छ, सन १९९० मा गल्तीले सर्बजीत बोर्डर पार गरेर पाकिस्तान पुगे उनलाई पाकिस्तान सरकारले भारतीय जासुस् भन्दै फाँसीको सजाय सुनायो ।

लाहोरको जेलमा २३ वर्ष बिताएका सर्बजीतको जेलमै बसेका अर्का कैदीले गोली हानी हत्या गरेका थिए । बहिनी दलबीरको पुरै जीबन दाजुको रिहाईको पहलमा बितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?