+
+

मन्त्रीहरूकै करोड बढी बचत सहकारीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते २०:४७
बायाँबाट क्रमशः मन्त्रीहरू बलराम अधिकारी, रेखा शर्मा, डोलप्रसाद अर्याल र विराजभक्त श्रेष्ठ ।

८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेका छन् ।

मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सरकारका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेको तथ्य बाहिरिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा, श्रममन्त्री डोलप्रसाद अर्याल र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सहकारीमार्फत वित्तीय कारोबार गरेको विववरणमा उल्लेख छ ।

मन्त्री अधिकारीले सिनर्जी बचत तथा ऋण सहकारी लिमिटेडमा ५० लाख र श्रीमती बसुन्धरा पौडेल अधिकारीको सोही सहकारीमा २ लाख रुपैयाँ बचत रहेको उल्लेख गरेका छन् ।

यस्तै सञ्चारमन्त्री शर्माले क्यारिना बचत तथा ऋण सहकारी संस्थामा कारोबार गर्ने गरेकी छन् । उनले उक्त संस्थामा २० लाख रुपैयाँ बचत गरेको उल्लेख छ ।

श्रममन्त्री अर्याल र उनकी श्रीमती अम्बिका श्रेष्ठ भने ३ वटा सहकारीमा आवद्ध भएर कारोबार गर्ने गरेको उललेख छ ।

श्रममन्त्री अर्यालले जनसागर सहकारी संस्थामा १ करोड ५० लाख बचत गरेका छन् भने सोही संस्थाबाट २ करोड ऋण लिएर १ करोड भुक्तानी गरेको उल्लेख गरेका छन् ।

अर्यालकी श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख बचत रहेको उल्लेख छ । यस्तै सोही संस्थामा अर्यालको १० लाखको १० हजार कित्ता र श्रीमती अम्बिका केसीको सुवर्णभूमि सहकारीमा १ लाख रुपैयाँको १ हजार कित्ता सेयर रहेको उल्लेख छ । अम्बिका केसीकै संयम सहकारी २ लाखको २ हजार कित्ता सेयर रहेको उल्लेख छ ।

खेलकुदमन्त्री श्रेष्ठले सिनर्जी को–अपरेटीभ मार्फत कारोबार गर्ने गरेको देखिन्छ ।

उनले सिनर्जी को–अपरेटिभमा आफ्नो नामको खातामा १५ लाख रुपैयाँ मौज्दात राखेका छन् भने आफू र श्रीमती सृष्टि सिंहको नाममा सोही सहकारीमा २५ लाख बचत गरेका छन् ।

यसैगरी सिनर्जी को–अपरेटिभको अर्को खातामा मन्त्री श्रेष्ठकै नाममा ३ लाख ४१ हजार बचत रहेको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?