 
																			९ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले क्यारिना ऋण तथा बचत सहकारी संस्थामा आफ्नो बचत रकमको अंकमा ‘टाइपिङ मिस्टेक’ भएको दाबी गरेकी छन् ।
क्यारिना सहकारी संस्थामा बचत रकम करिब २ लाख हुनुपर्नेमा टाइपिङ मिस्टेक भएर २० लाख उल्लेख भएको मन्त्री शर्माको भनाइ छ ।
मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणमा शर्माले क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रहेको उल्लेख छ ।
मन्त्री शर्माले बुधबार बिहान आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘२०८१ जेठ ८ गते सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरणमा मेरो क्यारिना ऋण तथा बचत सहकारी संस्थामा रहेको बचत विवरणप्रति ध्यानाकर्षण भएको छ । सो सहकारीमा मेरो एक लाख शेयर रकम र सो बराबर नियमित बचत गरी करिब २ लाख रहेको हुनुपर्नेमा एउटा शून्य अंक बढी टाइप हुन गई प्राविधिक त्रुटिका कारण २० लाख लेखिन पुगेकाले सो विवरण त्रुटिपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।’
उनको सम्पत्ति विवरणमा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार र एभरेष्ट बैंकमा २८ हजार बचत रहेको उल्लेख छ ।
यसैगरी श्रीमान कृष्णध्वज खड्काको नाममा कीर्तिपुरमा ६ आना १ पैसा एक दाममा बनेको साढे दुई तले घर, ६ तोला सुन, दुई तोला चाँदी र राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ६५ लाख रुपैयाँ ऋण पनि उल्लेख छ ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4