 
																			८ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सम्पत्ति विवरणमा कीर्तिपुरमा ६ आना १ पैसा एक दाममा बनेको साढे दुईतले घर रहेको उल्लेख छ । उक्त घर उनको श्रीमान् कृष्णध्वज खड्काको नाममा रहेको छ ।
यस्तै शर्मासँग ६ तोला सुन र दुई तोला चाँदी रहेको सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।
सञ्चारमन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख मौज्दात छ ।
त्यस्तै मन्त्री शर्माले राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ३६ लाख बराबरको हुण्डाइ कार रहेको छ ।
उनले सम्पतिको श्रोत आफ्नो तलब तथा अन्य आय श्रोत र र श्रीमान्को पैतृक सम्पत्ति भनेर खुलाएकी छ्न् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4