+
+
Shares

‘राति सुत्न पाइँदैन, साइरन बजेपछि बंकरमा पुग्नुपर्छ’

कोइराला जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ । तर इरानसँगको तनाव बढेपछि विमानस्थल बन्द छन् । विमानस्थल बन्द भएका कारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायल–इरान युद्धको तनावका कारण विराटनगरका प्रमुख नागेश कोइराला इजरायलमा अड्किएका छन्।
  • उहाँले भने, ‘मसँगै फिलिपिन्सका सांसद र जनप्रतिनिधिहरु छन्’ र साइरन बजेसँगै बंकरमा जानु अनिवार्य छ।
  • कोइरालाले भने, ‘अहिले हामी होटलमै छौं, तर मनमा डर हुन्छ, विमानस्थल बन्द भएकाले नेपाल फर्किन टुङ्गो छैन’।

२ असार, विराटनगर। सहकारी अभ्यासबारे अध्ययन गर्न भन्दै इजरायलको पुगेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला उतै अड्किएका छन् । इजरायल–इरानबीच युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले कोइराला नेपाल फर्किन नपाएका हुन् ।

युद्ध चर्किएका कारण खतराको संकेत स्वरुप साइरन बज्नासाथ बंकरमा लुक्ने गरेको कोइरालाले बताएका छन् । उनी नेपालबाट जाने एक्लो जनप्रतिनिधि हुन् । मेयर कोइरालाले आफू ‘सेफाइम’ भन्ने स्थानमा सुरक्षित रहेको बताएका छन् । यो सहर राजधानीबाट ३० किलोमिटर दूरीमा छ ।

कोइराला जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ । तर इरानसँगको तनाव बढेपछि विमानस्थल बन्द छन् । विमानस्थल बन्द भएका कारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।

इजरायलमा रहेका नागेश कोइरालासँग गरिएको कुराकानी :

इजरायलको सहकारी र कृषिमा प्रविधिको प्रयोग र सहरी विकासको अध्ययनका लागि इजरायलले निम्तो गरेपछि नेपालबाट आएको थिएँ। जेठ २७ गते आइपुगेको थिए । अवस्था सामान्य थियो भने यतिबेला कार्यक्रम चलिरहेको हुन्थ्यो ।

कार्यक्रमपछि कृषि र सहकारी र सहरी क्षेत्रको अवलोकन गर्ने कुरा थियो । तर, आउने वित्तिकै अवस्था असामान्य बन्यो । त्यसपछि कार्यक्रम भएन, रोकियो । अहिले बाहिर जाने कार्यक्रम पनि रद्द भयो । अहिले मसहित कार्यक्रमका लागि आएका १७ जना पाहुना होटलमा छौं । मसँगै फिलिपिन्सका सांसद र जनप्रतिनिधिहरु हुनुहुन्छ ।

अहिलेसम्म बसाइ सामान्य रुपमा चलिरहेको छ । तर हामीलाई मनमा डर चाँहि हुन्छ । मिसाइल आउँदा साइरन बज्छ, साइरन बजेको डेढ मिनेटभित्र कुदेर बक्करभित्र पुगिसक्नुपर्छ । बंकरमा १०–१२ मिनेट बसेपछि बाहिर निस्कन मिल्छ ।

मैले मोबाइलमा एप डाउनलोड गरेको छु । साइरन मोबाइल र होटलमा बज्छ । साइरन बजेपछि दौडिएर बंकरमा पुग्नु पर्ने भएकाले मजाले सुत्न पाइँदैन, निद्रा लागेको छैन । राति बढी आक्रमण हुन्छ, सुतेका बेला साइरन बज्छ । खान खाँदै गरेको बेला पनि साइरन बजिहाले त्यो खाना छाडेर बंकरमा लुक्न कुद्नुपर्छ ।

मैले चाहिँ खान खानेबेलामा साइरन बजेको छैन । सुतेका बेला साइरन बजिरहेको छ । साइरन बजेपछि उठेर बंकरमा जान्छु । मोबाइलमा म्यासेज आएपछि फेरि फर्किएर होटलमा आउनपर्छ । अहिलेको दैनिकी यस्तै छ । राति सुत्न पाइदैन दिउँसो सुत्नुपर्छ । दिउँसो अरु देशका साथीहरुसँग छलफल गर्छु ।

आउँदै गर्दा यस्तो हुन्छ भन्ने सोचिएको थिएन् । बाहिर जान पाएको छैन, बेला बेला राजदूत आउनुहुन्छ, अरु नेपालीसँग भेट्न पाएको छैन । राजदूतले एएटा किताब दिनु भएको छ, त्यो पढ्छु बेला बेला । जोखिम हुन्छ भनेर यहाँ होटल निस्कन मिलेको छैन ।

विराटनगरमा हुँदा तिहारमा पट्का पड्काएको थिए, पड्किएको देखेको थिए । यहाँ आँखै अगाडि ठूलो आवाजमा बम पड्किएको देखिन्छ । आकाशमा आवाज दिदै एउटा बम आउँछ, भुँइबाट अर्को आवाज दिएर उड्छ, भुँइबाट त्यसलाई छेक्न अर्को जान्छ, धेरै बम आकाशमै पडकिन्छन् । केही मात्रै तल खसेको देखिन्छ ।

यहाँ असुरक्षचाहिँ छैन । तर केही होला कि भन्ने मनमा हुन्छ । बजार बिमानस्थल बन्दछन् । फर्कने टुंगो छैन । यहाँको विमानस्थल तत्कालै खुल्ने अवस्था छैन । बिमान खुल्दा २० जुनमा फर्कने टिकट छ ।

यहाँबाट तत्काल टुङ्गो नभएकाले जोर्डनबाट नेपाल फर्कनका लागि दूतावासले प्रयास गरिरहेको छ । यहाँबाट जोर्डनको भिसा मिल्यो भने जोर्डनबाट फर्कने योजना छ । दूतावासले आजबाट प्रयास गरिरहेको छ । जोर्डन ३–४ घण्टाको दूरीमा छ । भिसाको विषय भोलि टुङ्गो लाग्छ ।

हामीलाई अहिले राखिएको होटलमै कार्यक्रम गर्ने भनिएको थियो । कार्यक्रम स्थगित भएपछि सबै व्यवस्थापन आयोजकले गरेर राखेको छ । हामी बसेको स्थान राजधानीदेखि करिब ३० किलोमिटरको दूरीमा छ । यहाँका सबै नागरिक साइरन बजेपछि बंकरमा जान्छन्, अन्य नेपालीको दैनिकी पनि साइरन बजेपछि बंकरमा जानुपर्छ, नगए जोखिम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?