+

तिलोत्तमा गोल्डकपको उपाधि रुपन्देही ११ लाई

२०७२ जेठ  २५ गते १९:१६ २०७२ जेठ २५ गते १९:१६
तिलोत्तमा गोल्डकपको उपाधि रुपन्देही ११ लाई

२५ जेठ, काठमाडौं । तिलोत्तमा गोल्डकप फुटबलको उपाधि आयोजक रुपन्देही ११ ले जितेको छ । सोमबार भएको फाइनल भिडन्तमा आर्मीलाई ३-१ ले पराजित गर्‍यो ।

पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेको हो । रुपन्देही ११ ले उपाधिसँगै ३ लाख ७५ हजार पाएको छ । आर्मीले भने २ लाख ५० हजारमा चिक्त बुझाएको छ ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीले छैटौं मिनेटमा टंक बस्नेतको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा रुपेन्देहीले खेलमा र्फकने प्रयास गरे पनि सफल भए ।

तर, दोस्रो हाफको ६२ औं मिनेटमा सुजल श्रेष्ठले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा दिपक राईले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए ।

अन्तिम मिनेटमा सुजल श्रेष्ठले गोल गरेपछि रुपन्देही ११ ले उपाधि जितेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय