+
+
Shares

घरको बरन्डा हटाउन दिक्तेल नगरपालिकाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते ९:५६

२६ जेठ, खोटाङ । दिक्तेल नगरपालिकाले बजारक्षेत्रका घरमा हालिएका बरन्डा हटाउन निर्देशन दिएको छ ।

केही समयअघि ल्याइएको दमकल र टिपरको आवतजावतमा समस्या आएपछि नगरपालिका र उद्योग वाणिज्य सङ्घ, खोटाङले घरको तल्लो तलाको बरन्डा हटाउन निर्देशन दिएको हो ।

नगरपालिकाले नगर परिसरमा माइकिङ गर्दै आवतजावत गर्ने दमकल र टिपर छेक्ने बरन्डा तत्काल काटेर हटाउन अनुरोध गरेको छ । आगलागीका क्रममा तत्काल हिँडाउनुपर्ने दमकल र फोहोर उठाउन ओहोरदोहोर गरिरहनुपर्ने टिपर ठोकिने भएकाले घरको तल्लो तलाको बरन्डा हटाउन आग्रह गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले जानकारी दिए ।

ढकालले भने–“तत्कालका लागि दमकल ठोकिने र छिर्न नसक्नेगरी अवरोध गर्ने किसिमका घरका बार्दली मात्र हटाउन भनिएको छ, बिस्तारै नगरपालिकाको मापदण्डअनुसार अन्यको पनि हटाइनेछ ।” नगरपालिका र वाणिज्य सङ्घले सडकका पेटीमा व्यापारिक सामान राखेर बिक्री वितरण नगर्न र सडकपेटीमा राखिएका सामान तत्काल हटाउन व्यापारीहरुलाई आग्रह पनि गरेको छ । नगरपालिकाले नगरबासीलाई खुला दिसामुक्त घोषणाका लागि अल्टिमेटमसमेत दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?