Comments Add Comment

चिसोले तीन जनाको मृत्यु

२६ जेठ, जाजरकोट । डोल्पाको लेकाली क्षेत्रमा यार्सागुम्बा खोज्न पुगेका दुई जना वयष्क र अभिभावकले बोकेर लगेका एक शिशुको चिसोले गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्ला जिल्ला गोठीचौरका ४५ वर्षीय कृष्णबहादुर बोहरा र जाजरकोटकी मगी बोहरा छन् । रिमी गाविस डोल्पाका नौ महिनाका बालक विजय ऐडीको पनि निधन भएको छ ।

उनीहरु तीनै जनाको अत्यधिक चिसोका कारण मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले जानकारी दिए । यार्सागुम्बा सङ्कलनको बेला चिसोले बिरामी परेकी जाजरकोटकी बोहराको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि पाटनमा पुगेका मानिस चिसोका कारण बिरामी परेर फर्कन थालेका छन् ।सञ्चारको पहुँच नभएका कारण उच्च लेकाली क्षेत्रमा कति बिरामी छन् भन्ने यकिन हुन सकेको छैन ।

यार्सा खोजीका लागि प्रहरीमा नाम दर्ता गरेर जानेको सङ्ख्या मात्रै ४७ हजारभन्दा बढी रहेको डोल्पा प्रहरीले जनाएको छ । त्यस्तै हजारौँ जना विभिन्न नाकाबाट हिमाली क्षेत्रमा पुगेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment