Comments Add Comment

बाराको पिलुवामा पूर्वपश्चिम राजमार्ग अबरुद्ध

२६ जेठ, निजगढ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पिलुवामा स्थानीयले सडक अबरुद्ध पार्दा सयौं सवारी साधन बिचबाटोमै अलपत्र परेका छन् ।

सोमबार साँझ अज्ञात सवारी साधनले ठक्कर दिँदा साइकल यात्री ६६ वर्षीय खडानन्द बजगाईंको मृत्यु भएको भन्दै स्थानीयले मंगलबार दिउँसोदेखि सडक अबरुद्ध पारेका छन् । चर्को घाम र गन्तव्य जान नपाउँदाको पीडाले यात्रुहरु मर्कामा परेका छन् ।

साइकल चढेर निजगढदेखि पिलुवा हिँडेका बजगाईंलाई सोमबार साँझ ७ बजेतिर गाडीले ठक्कर दिएको स्थानीयको भनाइ छ । तर, ठक्कर दिने गाडीको पहिचान भएको छैन ।

स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ती दिन र ठक्कर दिने गाडी पत्ता लगाएर कारवाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment