Comments Add Comment

गौरीबिसौनामा जिफन्टले बनाइदियो सुरक्षित कक्षा

gauri bisauni jifant-2

२६ जेठ, काभ्रे । सरकारले असुरक्षित स्टिकर टाँसेको भवनमै अध्ययन गर्न बाध्य काभ्रेको गैरीविसौना गाविस देउपुर १ स्थित महांकालेश्वर प्राविका विद्यार्थीहरुका लागि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अस्थायी टहरा निर्माण गरिदिएको छ ।

टहरा निर्माण भएपछि जेठ २४ गते आईतबारदेखि विद्यार्थीहरु असुरक्षित भवनलाई छाडेर सुरक्षित कक्षा कोठामा पठनपाठन गर्न थालेका छन् ।

नेकपा एमालेले सञ्चालन गरेको एक महिने स्वयमसेवक अभियान अन्तरगत जिफन्टद्वारा परिचालित स्वयमसेवकहरुले कार्यालय तथा कक्षा सञ्चालनका लागि सात कोठाको अस्थाई टहरा निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक रोमनाथ ढकालले बताए ।
gauri bisauni jifant

२०५० सालमा स्थापित ५ कक्षासम्मको सो विद्यालयमा हाल ८४ जना विद्यार्थीहरु अध्ययनरत छन् भने ५ जना शिक्षकहरु रहेका छन् ।

जेठ १५ गतेदेखि सो गाविसमा परिचालित जिफन्टका ५० जना स्वयंसेवीहरुले पीडितका लागि ८१ वटा घर टहरा निर्माण, ५ वटा जोखिमयुक्त घरहरु भत्काउनुका साथै ब्रह्मायणी माविका भत्किएका ३ बटा भग्नावशेषहरु हटाउने र ३ वटा घरबाट सामानहरु झिकिदिएको जिफन्टका सचिव तथा अभियान टोलीका प्रमुख दीपक पौडेलले बताए ।

-भीमज्वाला राईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment