१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ ।
देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो ।
उनलाई देउवा समूहद्वारा गठित ‘१५औं केन्द्रीय महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले अध्यक्षमा मनोनयन गरिएको पत्र दिएका छन् ।
पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको अधिवेशन गर्ने जिम्मेवारी दिइएको उल्लेख छ ।
कोइरालाले यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ल र नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेका थिए ।
प्रतिक्रिया 4