+
+

बाढी-पहिरोले संखुवासभाका ६ गाविस प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २८ गते १४:५१

Arun-River

२८ जेठ, संखुवासभा । गएरातिको अविरल बर्षाले पूर्वी पहाडी जिल्ला संखुवासभामा पनि क्षति पुर्‍याएको छ । बाढी र पहिरोले क्रसर उद्योग, पुल लगायतका संरचनामा क्षति पुगेको छ । एकअर्का गाविसको सम्पर्कसमेत टुटेको छ ।

यस्तै संखुवासभाका खाँदबारी, पाथिभरा, ताम्कु, सभापोखरी, पावाखोला, नुम लगायतका गाविसका बिभिन्न वडामा पहिरो खसेको छ ।

नुम-४ को फ्याक्सिन्दा दोभानमा अरुण नदीमा रहेको फेरी बाढीले बगाएको छ ।

ताम्कु ७ र वाला ६ जोड्ने नाम्तीङ पुल, वाला ९ र ताम्कु ९ जोड्ने सिकिदिम पुल र वाला ८ र ताम्कु ८ जोड्ने अलुवा पुल पनि बाढीले बगाएको छ । पुल र फेरी बगेपछि एकअर्का गाविसको सम्पर्क विच्छेद भएको छ ।

खाँदबारी नगरपालिका १३ मा सभाखोलामा रहेको क्रसर उद्योग पनि बाढीले बगाएको छ ।

नुम १ को पहिरोमा १ जना घाइते भएको जानकारी प्राप्त भएको छ । मानवीय तथा चौपाया क्षति, मृत्यु भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी शिसुवाटार र प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी टोली प्रभावित क्षेत्रमा खटिएका छन् । उद्धार, राहत तथा क्षतिको विवरण संकलन हर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?