Comments Add Comment

चार दलले ठिमाहा संविधान बनाउन लागेको कमल थापाको आरोप


Kamal-Thapa
२९ जेठ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब बन्ने संविधान केही दलहरुको सिण्डिकेटबाट जन्मिएको ठिमाहा दस्तावेजमात्र हुने दावी गरेका छन् ।

संविधानसभाको शुक्रवारको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले पेश गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै थापाले भने-अब बन्ने संविधान वर्णशंकर (हाइब्रिड) सन्तानका रुपमा आउदैछ ।

हिन्दूहरुको महान ग्रन्थ गीतामा भगवान कृष्णले जब बर्णशंकर सन्तान जन्मिन्छ तथा कुल र वंशको नाश हुन्छ भनेको स्मरण गर्दै थापाले भने-अब बन्ने संविधानले पनि त्यहि संकेत गरेको छ ।

हिन्दू सनातन धर्मलाई सिध्याउने गरी आउन लागेको संविधानलाई नेपाली जनताले स्वीकार नगर्ने उनले दावी गरे । थापाले भने-यस्तो संविधान जनताले कदापी स्वीकार गर्ने छैनन्, यो मुलुकमाथिको ठूलो अपराध हो ।

चार दलको १६ बुँदे सम्झौतापछि संविधान निर्माण हुने सम्भावना बढेर गए पनि यो संविधान सिण्डिकेट दस्तावेजमात्र हुने उनले बताए ।

संविधानसभा र निर्वाचित प्रतिनिधिहरुलाई रबर स्टाम्पमात्र बनाउन खोजिएको उनको आरोप छ । थापाले चीन र भारतले कालापानी क्षेत्रको लिपुलेकबारे सम्झौता गरेको एक महिना हुन लाग्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएकोमा आक्रोश पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment