+
+

८६ तोला सुन लिएर भागे भारतीय कालीगढ

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३० गते ७:०१

३० जेठ, काठमाडौं ।  सुनका गहना बनाउन दिएका कपन मिलनचोकका बासिन्दाको ८७ तोला सुन लिएर भारतीय कालीगढ फरार भएका छन्।
goldfinal
मिलनचोकमा सुनको गरगहना बनाउने काम गर्दै आएका उनीहरूले स्थानीय सुरेन्द्र दिवालीसहित १० जनाबाट उक्त परिमाणको सुन लिएर फरार भएको उजुरी प्रहरीमा परेको छ। भारत पश्चिम बंगाल घर भएका समिर हजारा, गोपाल भनियासहित १० जना भारतीय कालिगढ फरार रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

फरार कालिगढ बारा हुँदै भारत प्रवेश गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। बौद्ध प्रहरी वृत्तले घटनाबारे अनुसन्धान थालेको छ। बिहीबार भागेका कालीगढका बारेमा शुक्रबारमात्रै प्रहरीसमक्ष उजुरी परेको थियो।

कालीगढ पीडितसँग बिहीबार १२ बजेसम्म सम्पर्कमा रहे पनि साँझदेखि उनीहरू सम्पर्कविहीन भएको पाइएको छ। प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक ऋषि ढुंगानाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?