३१ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गरेको भोलिपल्ट पदबाट राजीनामा दिने बताएका छन् ।
आइतबार बिहान १३ विद्यार्थी संघ संगठनका नेताहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले संविधान जारी गरेलगत्तै पद त्याग्ने बताएका हुन् ।
प्रधानमन्त्री कोइरालाले अहिले मुलुक विपत्तिको अवस्थामा आन्दोलनको कुरा नगर्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए । सबै मिलेर देश निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
राजनीतिक दलहरुबीच एकता भएकाबेला सबै क्षेत्रबाट सकारात्मक सहयोगको सरकारले अपेक्षा गरेको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री कोइरालाले भूकम्प पछि विद्यालय बन्द भएको एक महिनाको अवधिको शुल्क मिनाहा गर्नुपर्ने विद्यार्थीहरुको माग सम्वोधन गर्ने आश्वासन समेत दिएका थिए ।