Comments Add Comment

सगरमाथा तीन सेन्टिमिटर सरेको चीनको दावी

Mount Everest AFP

१ असार, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा बैशाख १२ गते गएको महाभूकम्पपछि तीन सेन्टिमिटर दक्षिणपश्चिम तर्फ सरेको चिनिया सन्चारमाध्यमहरुले दावी गरेका छन् ।

वैज्ञानिकहरुलाई उधृत गर्दै चीनका सन्चारमाध्यमले नेपालमा आएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पको धक्कापछि उत्तरपूर्वी क्षेत्रका हिमालय श्रृंखलाहरु धकेलिएको दावी गरेका छन् ।

चाइना डेलीले त्यहाँको राष्ट्रिय भौगर्भिक तथा मापन केन्द्रलाई उधृत गर्दै सगरमाथा बिगतका दशकहरुमा सगरमाथा ४० सेन्टिमिटर उत्तर पूर्वतर्फ सरेको दावी गरेको एएफएपीले जनाएको छ ।

भूकम्पपछिको हिमपहिरोमा परि सगरमाथा क्षेत्रमा १८ जनाको मृत्यु भएको थियो । सो घटनापछि नेपाल र चीन दुवैले यस वर्षको सगरमाथा आरोहण रद्द गरेका थिए ।

एएफपीका अनुसार नेपालमै वैशाख २९ गते आएको ७ दशमलव ३ रेक्टर स्केलको दोस्रो भूकम्पले भने हिमालय श्रृंखलाहरुलाई धकेल्न सकेन ।

तस्वीर : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment