+
+
Shares

जस्ता बेच्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंकको सञ्चालकमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १ गते १८:३६

१ असार काठमाडौं । इन्भेष्टमेन्ट बैंकले भूकम्पले क्षतिग्रत नुवाकोटका विद्यालयका लागि दिएको जस्ता बिक्री गर्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंकको सञ्चालकमा निर्वाचित भएका छन ।

Ramesh-Mahatअर्थमन्त्री डा. रामशरण महतका भतिजा तथा स्वकिय सचिवसमेत रहेका महतले जस्ता बेच्न खोजेको आरोप लागेपछि स्वकिय सचिवबाट राजिनामा दिएका थिए । उनले आफूमाथि लाागेको आरोप अस्वीकार गर्दै छानविन गर्न माग गर्दै आएका छन ।

तर, तीनै महत कृषि विकास बैंकको सञ्चालकमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका छन । केहीदिन अघि राजधानीमा भएको बैंकको आठौं वाषिर्क साधारणसमाले महतलगायत चार जना सञ्चालक निर्वाचित गरेको हो । मनोज बस्नेत, गोविन्द प्रसाद भट्टराई र घनश्याम अवस्थी पनि बैंकको सञ्चालकमा निर्वाचित भएका छन ।

संचालकहरुको कार्यकाल चार वर्षको हुनेछ । महत यसअघि पनि बैंकको सञ्चालक थिए ।

साधारण सभाले आर्थिक बर्ष २०७/०७१ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा ८.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका सूचना शाखा प्रमुख रमेशराज रेग्मीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?