+
+
Shares

मिर्मी–हर्मिचौर जोड्ने पुल कालीगण्डकीको बाढीले बगायो

पुल बगेपछि मिर्मी–हर्मिचौरबीचको आवतजावत प्रभावित भएको गुल्मी प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीगण्डकी नदीको बाढीले मिर्मी ड्याम साइटभन्दा तल स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ।
  • कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेपछि पुल बगेको नेपाल विद्युत् प्राधिकरणका विष्णुप्रसाद न्यौपानेले बताए।
  • एसपी भिमकिरण बोगटीका अनुसार बिहान ६ बजेतिर बगेको बेलिब्रिज टाइपको पुलले मिर्मी–हर्मिचौरबीचको आवतजावत प्रभावित भएको छ।

११ असोज, गुल्मी । कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

गुल्मी प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीले पनि पुल बाढीले बगाएको पुष्टि गरे । ‘बेलिब्रिज टाइपको पुल थियो, चारपांग्रे गाडीहरु त्यही पुलबाट वारपार गर्थे, आज बिहान ६ बजेतिर बाढीले बगायो,’ एसपी बोगटीले अनलाइनखबरसँग भने ।

उनका अनुसार पुल बगेपछि मिर्मी–हर्मिचौरबीचको आवतजावत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?