+
+
Shares

सिद्धार्थ राजमार्गको स्याङ्जा र पाल्पा खण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ८:३६

११ असोज, स्याङ्जा । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ-स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ ।

यस्तै, राजमार्गको पाल्पा खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। तानसेन नगरपालिका–८ स्थित गौडेपुल र जहरेपिपल तथा माथागढी गाउँपालिका–१ स्थित अगाहाखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।

सडक अवरुद्ध भएपछि सो क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरो खसेको स्थानमा प्रहरी टोली खटिएको छ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?