Comments Add Comment

५१२ करोड बराबरको म्यागी नष्ट गरिने

Maggi-Noodles

१ असार, काठमाडौं । ५०० करोडभन्दा बढी मूल्यको म्यागी चाउचाउ नष्ट गरिने नेस्ले कम्पनीले बताएको छ ।

म्यागीमा सीसा र एमएसजीका मात्र बढी भेटिएपछि भारतका साथै नेपालमा पनि प्रतिवन्ध लागेको छ । भारतको चाउचाउ बजारमा म्यागीले ८० प्रतिशत हिस्सा छ ।

म्यागीमाथि लागेको प्रतिवन्धविरुद्ध नेस्ले इण्डिया मुम्बई हाई कोर्टमा गएको छ र यसबारे सुनुवाइ चलिरहेको छ ।
नष्ट गरिने चाउचाउमा फ्याक्ट्रीमा रहेको, थोक तथा खुद्रा विक्रेताहरुबाट फिर्ता लगिएका चाउचाउ हुनेछन् ।

भारतमा प्रतिवन्ध लागेपछि म्यागीले बजारमा भएका चाउचाउ फिर्ता लैजान सुरु गरेको छ । नेस्लेका अनुसार नष्ट गरिने चाउचाउको मूल्य झण्डै ३२० करोड भारु अर्थात ५१२ करोड नेपाली रुपैयाँ बराबरी हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment