+
+

गण्डक बाँधमा भारतले थाल्यो काम

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २ गते १३:२५

२ असार, परासी । नवलपरासीको गण्डक बाँध क्षेत्रमा भारत सरकारले जीर्ण बि ग्याप बाँधको ठोकर नं १२ ‘ए’ र ठोकर नं १३ को बीच भागमा कामको थालनी गरेको हो ।

यस अगावैको वर्षाले भत्काएको ठोकर वरपरको ब्लकको स्थानमा पछिल्लो भागको मर्मतसम्भार साथै थप ब्लक निर्माणको काम थालनी गरिएको हो ।

यस वर्ष भारत सरकारले गण्डक क्षेत्रमा भारु करिब ५८ करोडको काम सुरु गरेको गण्डक प्रोजेक्ट बालमीकिनगरका सम्पर्क तथा भूआर्जन अधिकृत विश्वबन्धु यादवले जानकारी दिए ।

गण्डकको ठोकर जीर्ण भएका कारण यस वर्ष नदीमा ठूलो पानी आएमा बाँध फुट्ने खतरा बढेपछि भारतले यसको बचावटका लागि बि ग्याप बाँधको ठोकर नं १२ ‘ए’ र ठोकर नं १३ को बीच भागमा कामको थालनी हो ।

गण्डक प्रोजेक्ट बालमीकिनगरका अनुसार सो रकममध्ये केही रकम सडक निर्माणमा खर्च गरिने र बाँकी सबै रकम गण्डक क्षेत्रको बाँध र ठोकरहरुको मर्मतसम्भार साथै थप ब्लक निर्माण गर्ने कार्यमा खर्च गरिनेछ ।

भारतले वर्षायाम सुरु हुन लाग्न बल्ल काम सुरु गरेपछि यस वर्ष नदीमा वर्षा हुँदा बाँधको फुट्ने खतरा बढेको भन्दै स्थानीयवासी त्रसित बन्न थालेका छन् । स्थानीयवासीले तीव्र गतिमा र गुणस्तरीय काम गर्न भारत सरकारसँग माग गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?