+
+

नेपाली ऋण घट्यो, अब प्रत्येक नेपालीको ऋण १८ हजार पाँच सय ६१ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ४ गते ६:३५

nepali-note४ असार, काठमाडौं । प्रत्येक नेपालीको टाउकोमा भएको ऋण १८ हजार पाँच सय ६१ रुपैयाँमा झरेको छ । गत साउनसम्म २० हजार ६९ रुपैयाँ १६ पैसा प्रत्येक नेपालीलाई ऋण थियो । चैतसम्मको आठ महिना अवधिमा नेपालको वैदेशिक तथा आन्तरिक ऋण आठ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्ष ०७१/७२ को साउन मसान्तसम्म नेपालको ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ थियो । चैतसम्ममा ४१ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ ऋण घटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालको वैदेशिक तथा आन्तरिक ऋण पाँच खर्ब ११ अर्ब ९२ करोड आठ लाख रुपैयाँ छ ।

सरकारले विकास कार्यक्रम सञ्चालन गर्न हरेक वर्ष आन्तरिक ऋण उठाउँने गरेको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?