+
+

मोदीले ल्याए आफ्नै मोबाइल एप, यसरी बनाइयो मजाक

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ५ गते १३:१३

narendra modi_reuters

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका केही त्यस्ता नेतामा परेका छन्, जसको आफ्नै एप छ । उनले मानिसहरुसँग जोडिन भन्दै नरेन्द्र मोदी नामको नयाँ ऐप सुरु गरेका हुन् । यो अहिले एन्ड्रोएडमा मात्र उपलब्ध छ ।

मोदीले ट्वीट गरेका छन्, नरेन्द्र मोदी मोबाइल एप लन्च गरिएको छ । आउनुस्, मोबाइलमा जोडिनुस् । मोबाइल एपमा धेरै फिचर छन् । तपाई यसलाई प्ले स्टोरबाट डाउन लोड गर्न सक्नु हुनेछ । सुझावका लागि स्वागत छ ।’

यो एपमा मोदीको मनको कुरा लाइभ सुन्ने फिचर समेत छ । यसअघि प्रसारित मोदीको मनको कुरा सुन्ने विकल्प पनि छ ।

मोदीको एपलाई लिएर समाजिक सञ्जालमा मिश्रति प्रतिक्रिया पाइन्छ । आफ्नो आधिकारिक एप सुरु गरेकोमा ट्वीटरमा केहीले मोदीको प्रशंसा गरेका छन् भने केहीले मजाकको पात्र समेत बनाएका छन् ।

@rsn ले ट्वीट गर्दै आधारिक ऐप सुरु गर्ने मोदीको कदमको खुलेर प्रसंसा गरेका छन् ।

@srinivassg ले ट्वीट गरेका छन्, यदि यो करदाताको पैसाबाट बनेको एप हो भने यसको नाम पीएमओ एप हुनुपर्छ । न कि नमो एप ।

@NsNitinsinha ले मोदीलाई ब्यङ्ग्य गर्दै मोदी एपले हरेक घण्टा फेसन र ड्रेसबारे नयाँ आइडिया दिने ट्वीट गरेका छन् ।

@narendramodinz  नामको प्यारोडी एकाउन्टबाट ट्वीट भएको छ, मित्र, नरेन्द्र मोदी मोबाइल एप इन्स्टल गर्नुस् र १५ लाखको टकटाइम पाउनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?