Comments Add Comment

फिदिममा भित्रियो दमकल, चालक र पानी नहुँदा समस्या

७ असार, फिदिम । पटक पटक आगलागीको चपेटामा परेको पाँचथरको फिदिम नगरपालिकामा ६८ लाख रुपैयाँ खर्च गरेर दमकल ल्याइएको छ ।

तर, दमकल चलाउने जनशक्ति नहुँदा तत्कालका लागि सेना र सशस्त्र प्रहरीलाई व्यवस्थापनाको जिम्मा दिइएको छ । फिदिम बजार नजिकै पानीको स्रोत नहुँदा पनि समस्या परेको छ ।

‘नगरपालिकासँग जनशक्ति अभाव भएको हुँदा तत्कालका लागि नेपाली सेना र सशस्त्र प्रहरीको व्यवस्थापनमा दमकल परिचालन गरिने छ, फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजिमान राईले भने, ‘नगरपालिकाको कार्यालयमा जनशक्ति थप भएपछि व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिन्छ ।’

दमकल खरिदका लागि स्थानीय विकास मन्त्रालयले ६८ लाख रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट ३५ सय लिटर पानी अट्ने क्षमता भएको टाटा कम्पनीको मे १ क ३३३ नम्बरको दमकल खरिद गरी ल्याइएको राईले जानकारी दिए ।

दमकल अभावमा पटक-पटकको आगलागीले करोडौंको धनजनको क्षति भोगेका फिदिमबासी दमकल भित्रिएपछि खुशी भएका छन् । उनीहरुले दमकलका लागि आवश्यक जनशक्ति र पानीको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन् ।

– नरेन्द्र रिमालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment