Comments Add Comment

गुगलले ल्यायो ‘माइ प्रेयर’ एप, नमाज पढ्दा मोबाइलको घण्टी नबज्ने

echo-prayer-app

एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्ने मुस्लिम धर्मावलम्बीहरुलाई लक्षित गर्दै गुगलले एक नयाँ एप सार्वजनिक गरेको छ । माइ प्रेयरनामको उक्त एप आफ्नो स्मार्टफोनमा डाउनलोड गर्ने मुस्लिम धर्मावलम्बीले नमाज पढिरहेको बेला उनीहरुको मोबाइल फोनको घण्टी बज्नेछैन ।

नमाजको एक निश्चित समयमा स्मार्टफोनमा कल आउँदा फोन आफै साइलेन्स मोडमा जान्छ । गुगलले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको अवसर पारेर यस्तो एप ल्याएको हो ।

दिनमा पाँच पटक नमाज पढ्नुपर्ने र नमाजको बेला मोबाइलको घण्टी बजेर हैरान गर्ने तथा ध्यान नै भंग गर्ने समस्याबाट नमाजीहरुलाई मुक्त गर्नका लागि गुगलले यस्तो एप ल्याएको बताइएको छ । नमाज पढिरहेको बेलामा फोनको घण्टी बन्द गर्न पनि नमिल्ने तर घण्टीले सबैको ध्यान भंग गर्दा असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्थाबाट यो एपले छुटकारा दिने बताइएको छ ।

यो एप स्मार्टफोनमा डाउनलोड गरेसँगै पाँच पटक नमाज पढिने स्थानीय समय स्मार्टफोनमा सेट गर्नुपर्छ । त्यसपछि ठ्याक्कै त्यो समयमा मोबाइल आफै साइलेन्स मोडमा जान्छ र फोन आएपनि घण्टी बज्दैन । नमाजको समय सकिएपछि फोन पुनः पूरानै मोडमा आउँछ र घण्टी बज्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment